संगालोखबर


विराटनगर । उदयपुर र ताप्लेजुङका छुट्टाछुट्टै स्थानबाट पेस्तोल र भरुवा बन्दुक सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका–३ का २० वर्षीय जुलेस रायमाझी र ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका–४ का ४३ वर्षीय नरेश फुयाङ लिम्बु छन् ।

उदयपुरको त्रियुगा–१२ स्थित साथीको घरमा गएका रायमाझीले साथमा पेस्तोल बोकेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले तलासी गर्दा रायमाझीले लुकाएर ल्याएको पेस्तोल फेला परेको थियो ।

Advertisement

त्यसैगरी, इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई भरुवा बन्दुक १ थान र बन्दुकमा प्रयोग गर्ने बारुदसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुबारे सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!