संगालोखबर
सांकेतिक तस्वीर

पाँचथर । पाँचथर र ताप्लेजुङको सीमामा पर्ने इन्द्रावती खोलाको भँगालोमा खसेर बेपत्ता भएका एकजना भारतीय मजदुर मृत अवस्थामा फेला परेका छन् । शनिबार शौच गर्ने क्रममा खुट्टा चिप्लिएर भँगालोमा खसेका ४० वर्षीय बैकुण्ठ बिहारी बेपत्ता भएका थिए ।

खोजी गर्ने क्रममा बेपत्ता भएको स्थानभन्दा केही तल सिदिङ्वा गाउँपालिका–३ स्थित नदी किनारमा आइतबार साँझ बिहारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी ताप्लेजुङको इङ्वा हाइड्रोपावरमा काम गर्दै आएका थिए ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!