संगालोखबर

उदयपुर । मदन भण्डारी राजमार्गको बेलका नगरपालिका–५ मा मोटरसाइकलको ठक्करले पैदलयात्री महिलाको मृत्यु भएको छ । सुपाडेबाट चतरातर्फ गइरहेको ‘अनटेस्ट’ मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ८९ वर्षीया मायासरी राईको मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार ठक्करले टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो ।

मोटरसाइकल चालक त्रियुगा नगरपालिका–२ का ३२ वर्षीय पुसधन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे रामपुर ठोक्सिलास्थित प्रहरी चौकीले अनुसन्धान गरिरहेको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!