संगालोखबर

झापा । झापाको कमल गाउँपालिका–७ का तीनजना किशोरी पाँच दिनदेखि सम्पर्कविहीन बनेका छन् । उक्त वडाको बाह्रघरे टोलका उनीहरु गत असार ५ गतेदेखि बेपत्ता भएका हुन् । खोजी जारी राखिए पनि फेला पार्न नसकिएको परिवारले जनाएका छन् ।

Advertisement

स्थानीय १३ वर्षीया जेनिसा श्रेष्ठ, १२ वर्षीया दीक्षा ताजपुरिया र १७ वर्षीया सोनिया रिकियासन बेपत्ता भएका हुन् । परिवारले खोजीका लागि प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् । परिवार, आफन्त र स्थानीय बासिन्दा मिलेर पनि उनीहरुको खोजी गरिरहेका छन् ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बेपत्ता भएका किशोरीहरुको खोजी भइरहेको बताएका छन् । खोजीका लागि इलाका प्रहरी कार्यालय दमकमा अनुरोध गरिसकिएको उल्लेख गर्दै उनले प्रहरीले आफ्ना निकायमार्फत् खोजी तीव्र बनाएको बताए ।

किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय दमकमा हुलिया सहितको निवेदन दिएका छन् । खोजीका लागि विशेष टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख निशान थापाले परिवारसँग सम्पर्कविहीन बनेका किशोरीहरुको खोजी भइरहेको जानकारी दिए ।

हराएका किशोरीहरुलाई कतै कसैले देखे वा उनीहरुबारे कुनै सूचना पाए मोबाइल नम्बरहरु ९८२४९१४३५७, ९८१७५९४३१५ र ९८१७९८१९६४ मा खबर गरिदिन वा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन परिवारले आग्रह गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!