संगालोखबर

पाँचथर । बाढी र पहिरोका कारण पाँचथरको याङ्वरकका ९६ परिवार विस्थापित बनेका छन् । उक्त गाउँपालिकाको वडा २ र ३ का त्यति परिवार विस्थापित भएका हुन् । असार लागेयता निरन्तर भइरहेको वर्षापछि पहिरो खस्दा अनि स्थानीय खोलामा आएको बाढीले जोखिम बढेपछि गाउँले सुरक्षित स्थान खोज्दै अन्यत्र गएका छन् ।

Advertisement

प्रहरीका अनुसार याङ्वरक गाउँपालिका ३ नम्बर वडाका ५४ र २ मा ४२ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरु विभिन्न स्थानमा आश्रय लिएर बसेका छन् । कतिपय अरु गाउँलेका घरमा बसेका छन् भने कतिपय विद्यालयलगायत सार्वजनिक स्थानमा बसेका छन् ।

यसैगरी, भलबाढीका कारण कतिपय ग्रामीण सडकहरु क्षतिग्रस्त बनेका छन् । सडक क्षतिग्रस्त बनेपछि आवागमन प्रभावित बनेको छ । केही स्थानमा खानेपानीका पाइपहरुमा क्षति पुगेकाले आपूर्तिमा समस्या भएको गाउँपालिकाले जनाएको छ ।

उक्त गाउँपालिकाका ओयाम, फलैंचा, च्याङथापु, सामाखु, चोथ्रोक, फाक्लुङलगायत स्थानमा झरेको पहिरोका कारण गाउँलेका घर जोखिममा परेको प्रहरीले जनाएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार विस्थापित परिवारहरुलाई प्रारम्भिक राहत वितरण गरिएको छ ।

हालसम्म ४९ भन्दा बढी परिवारलाई राहत दिइएको उल्लेख गर्दै उनले बाढीपहिरोका कारण भएको क्षतिको विवरण संकलन भइरहेको जनाए । पहिरो प्रभावित स्थानीय बासिन्दाका लागि थप राहत दिने तयारी भइरहेको जिल्ला प्रशासनले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!