संगालोखबर
फाइल तस्वीर

पाँचथर । ताप्लेजुङ र पाँचथरको सीमा भएर बग्ने इन्द्रावती खोलाले बगाउँदा भारतीय एक मजदुरको मृत्यु भएको छ । पाँचथरको याङवरक गाउँपालिका–३ ओयाममा निर्माणाधीन इङवा हाइड्रो पावर कम्पनीमा कार्यरत् ४० वर्षीय बैकुण्ठ बिहारीको शनिवार मृत्यु भएको हो ।

प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारीका अनुसार उनी इङवा हाइड्रो प्रालिमा मिक्स्चर उपकरण चलाउँदै आएका थिए । शौच गर्न गएका बेला खुट्टा चिप्लिएर उनी इन्द्रावती खोलाको भँगालोमा पसेका थिए ।

Advertisement

खोलामा खसेर बेपत्ता भएका उनको खोजी गरिएको थियो । त्यस क्रममा ताप्लेजुङको सिदिङवा–३ मा पर्ने इन्द्रावती किनारमा बिहारी मृत अवस्थामा फेला परेका थिए । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!