संगालोखबर

खोटाङ । खोटाङको रावावेंशी गाउँपालिका–६ का ४५ वर्षीय दिलबहादुर राईलाई एउटा भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जाल्पास्थित प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई बिहिवार अपराह्न पक्राउ गरेको हो ।

Advertisement

राईले गोठमा लुकाएर राखेको भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्रा प्रहरीले बरामद गरेको छ । पक्राउ परेका राईबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!