संगालोखबर

संखुवासभा । खाँदबारी–किमाथांका सडक खण्डको एकुवाखोला माथिको पक्की पुल बुधबार राति आएको बाढीले बगाएको छ । मकालु गाउँपालिकाबाट भोटखोला जोड्ने पक्की पुल बगाएको हो । पुल बगाएसँगै भोटखोला गाउँपालिका आवतजावत गर्न समस्या भएको छ ।

Advertisement

उत्तर–दक्षिण कोशी सडक योजनाका अनुसार करिब ३० मिटर लामो पक्की पुल बाढीले बगाएको हो । पुल बगाउँदा ४ करोडभन्दा बढी क्षति भएको योजना प्रमुख इन्जिनियर सविन कोइरालाले बताए । यो पुल २०७९ मंसिरमा निर्माण सम्पन्न भएको थियो ।

उनका अनुसार सातायता बाढी र पहिरोले उत्तर–दक्षिण कोशी सडक खण्डमा करिब ४ करोड रुपैयाँको क्षति भएको छ । खाँदबारी–नुम ३९ किलोमिटर सडकअन्तर्गत खाँदबारी–थामसेर्कु खण्डमा ठूला ढुंगा खसेर सडक क्षतिग्रस्त बनेको छ ।

उक्त सडक हुँदै ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानी गर्ने गरिएको छ । सडक अवरुद्ध हुँदा चिचिला, मकालु र भोटखोला गाउँपालिका बासिन्दा प्रभावित हुने भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!