संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका–८ मा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको छ । वडाले जीवन विकास पब्लिक हेल्थ सेन्टरसँगको सहकार्यमा निःशुल्क दन्त शिविर सञ्चालन गरेको हो ।

Advertisement

६० बर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । बिहिवार बिहान विराटेश्वर वृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरूको र दिउँसो वडा कार्यालयमा वडाबासीहरूको दन्त परीक्षण गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।

यस्तै, शुक्रबार बिहान अमर सेवा समितिको हलमा र दिउँसो छठी माई मन्दिरमा दन्त परीक्षण गरिने पोखरेलले बताए । शिविरमा औषधीसँगै आवश्यक पर्नेलाई ‘फुलसेट’ दाँत समेत उपलब्ध गराइने वडाध्यक्ष पोखरेलले बताए । वडाभित्र रहेका ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकको दन्त परीक्षण गरिने र आवश्यक पर्ने सबैलाई दाँतसहित निःशुल्क औषधी पनि वितरण गरिने उनले बताए । उनले भने, ‘दाँत आवश्यक पर्नेको यहाँ नमुना संकलन गरिन्छ । केही दिनमा जीवन विकास पब्लिक हेल्थ सेन्टरमा उहाँहरूलाई दाँत उपलब्ध गराइन्छ ।’

यसअघि ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरूको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष पोखरेलले बताए । ‘बृद्धबृद्धा हाम्रा अभिभावक हुन्, उहाँहरूको हामीले हेरचाह गर्नुपर्छ,’ उनले भने, ‘सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले उहाँहरूको स्वास्थ्यप्रति सचेत रहनुपर्छ भनेर शिविर सञ्चालन गरेका हौं ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!