संगालोखबर

विराटनगर । कोशी प्रदेशका लेखा अधिकृतहरु आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती ऐनले आफूहरुलाई विभेद गरेको भन्दै प्रदेश तहका लेखा अधिकृतहरु काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । आर्थिक वर्षको अन्त्यमा उनीहरु ‘पेन डाउन’ गरी आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको छ ।

Advertisement

ऐन संशोधन गरेर वृत्ति विकास न्यायोचित बनाउनु पर्ने मागसहित उनीहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयमा धर्ना दिइरहेका छन् । आज र भोलिका लागि पेन डाउन घोषणा गरेको प्रदेश लेखा समूह कोशी प्रदेशले जनाएको छ ।

संघबाट समायोजन भएका छैठौं तहका अधिकृतको बढुवाको विषयमा प्रदेश ऐनले बोलको छैन । ऐन संशोधन गर्नका लागि पटकपटक आग्रह गर्दा माग सुनुवाई नभएपछि आन्दोलनमा उत्रिएको उनीहरुको भनाइ छ । समायोजन भइ आएका अधिकृत छैटौँ तहका कर्मचारीलाई ज्येष्ठता कायम रहने गरी सातौँ तहमा तह मिलान गर्नुपर्ने उनीहरुको माग छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!