संगालोखबर

झापा । खोलाले बगाउँदा झापाको दमकका एकजनाको मृत्यु भएको छ । रतुवा खोलाको बाढीले बगाउँदा दमक नगरपालिका–१ सरस्वती टोलका ५३ वर्षीय मोहन विकको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

परिवारबाट सम्पर्कविहीन बनेका उनको खोजी भइरहेको थियो । स्थानीय बासिन्दाले खोलामा शव बगेर आएको देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी टोली पुगेर अनुसन्धान गर्ने क्रममा मृतकको पहिचान खुलेको हो ।

मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको साथै थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!