संगालोखबर

धनकुटा । नेपाल स्काउटको ७३ औं स्थापना दिवस अवसरमा धनकुटाको पाख्रीबास नगरपालिका–२ सान्नेस्थित बालपञ्च माध्यमिक विद्यालयमा बालपञ्च स्काउट ट्रुपको आयोजनामा विविध कार्यक्रम गरिएको छ ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक ज्ञानबहादुर गुरुङ तथा उपप्रमुखका साथै स्थानीय प्रमुख स्काउट नम्रता गौतमको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो ।

त्यस अवसरमा पाख्रीबास नगरपालिकाको कार्यालय परिसरमा वृक्षरोपण गरिएको थियो । यसैगरी, स्काउट विद्यार्थीहरुले सांगीतिक पिटी प्रदर्शन गर्नुका साथै स्काउट गीतमा नृत्य पनि प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा बोल्दै नगर प्रमुख गुरुङले जीवनमा अनुशासन कायम गर्न स्काउटको ठूलो महत्व रहेको बताउँदै स्काउटलाई नगरले प्राथमिकता दिने बताए । नगरका तर्फबाट आर्थिक सहयोग गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी, सोही अवसरमा पाख्रीबास नगरपालिका वडा २ को कार्यालयमा वडाध्यक्ष चूडामणि पुलामी, कार्यपालिका सदस्य विष्णुमाया बिक तथा वडा सचिव सञ्जय राईको समेत सहभागितामा वृक्षरोपण र विद्यालय परिसर सरसफाइ गरिएको थियो । कार्यक्रममा विद्यार्थी र शिक्षकहरुको सहभागिता थियो ।

२०८० साल जेठ २३ गतेबाट उक्त विद्यालयमा स्काउट सुरु भइ गत जेठ ३२ गते दीक्षान्त समारोह समेत सम्पन्न भइसकेको छ । २४ जना विद्यार्थीहरु हाल स्काउटमा आवद्ध भएको जनाइएको छ । विद्यालयका दुईजना स्काउट मास्टरहरुले विद्यार्थीहरुलाई स्काउट सम्बन्धी प्रशिक्षण दिंदै आएको विद्यालयका सूचना अधिकारी तथा स्काउट मास्टर चेतनाथ खनालले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!