संगालोखबर

विराटनगर । मोरङको उत्तरी क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिका–१ को कोलबोटेमा झरेको पहिरोले स्थानीय दुई घरमा क्षति पुर्याएको छ । प्रहरीका अनुसार पहिरोले स्थानीय सन्तोष राई र मणिकुमार राईका घरमा क्षति पुगेको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पहिरोका कारण ती दुई घरमा रहेका धनमालमा पनि नोक्सानी पुगेको छ । मानवीय क्षति भने भएको छैन । धनकुटा, इलाम र पाँचथरसँग सीमाना जोडिएको उक्त क्षेत्रमा गएको पहिरोले स्थानीय सडक अवरुद्ध भएको जनाइएको छ ।

यसैगरी, पहिरोले बिजुलीका खम्बामा क्षति पुग्दा केही क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ । यसैबीच, नुनसरी खोलाको बाढी बस्तीमा पस्दा मिक्लाजुङ–६ मा आधा दर्जन घर डुबानमा परेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!