संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । चट्याङ लागेर मोरङको रतुवामाईमा एकजना किशोरीको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–४ झुर्कियामा चट्याङ लागेर मंगलबार बिहान किशोरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय १६ वर्षीया विपना महतो छिन् । घरमै बसिरहेका बेला परेको चट्याङले लागेर उनी सिकिस्त घाइते भएकी थिइन् । उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । त्यहाँ पुर्याएपछि चिकित्सकले जाँच गरी उनको मृत्यु भइसकेको जानकारी दिएको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!