संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ मा करेन्ट लागेर बिहिवार दिउँसो एकजना महिलाको मृत्यु भएको छ । उनकी बुहारी घाइते भएकी छन् । प्रहरीका अनुसार करेन्ट लागेर ४५ वर्षीया रेवतीदेवी सरवरियाको मृत्यु भएको हो ।

करेन्ट लागेर उनकी बुहारी २५ वर्षीया चन्द्रिका सरवरिया घाइते भएकी छन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिजुलीको मोटर चलाएर कपडा धुन पानी प्रयोग गर्ने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!