संगालोखबर

इलाम । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका एक युवकलाई दोषी ठहराउँदै अदालतले १२ वर्षको कैद फैसला सुनाएको छ । इलाम जिल्ला अदालतले सूर्याेदय नगरपालिका–४ का २७ वर्षीय मिलन घिमिरेलाई कैद सजाय सुनाएको हो ।

Advertisement

जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उनलाई पाँच लाख रुपैयाँ जरिवाना गराउन समेत आदेश दिएको छ । गत भदौ १२ मा इलाम सदरमुकामस्थित एक होटलमा उनले बालिकालाई बलात्कार गरेको पुष्टि भएको अदालतले जनाएको छ ।

विभिन्न प्रमाणका आधारमा बालिकालाई करणी गरेको पुष्टि भएपछि घिमिरेविरुद्ध मुलुकी संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिम जबर्जस्ती करणी कसुर ठहर भएको फैसलामा उल्लेख छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!