संगालोखबर सम्वाददाता
फाइल तस्वीर

धनकुटा । कोशी प्रदेशको प्रमुख पर्यटकीय स्थल भेडेटारमा आजबाट फुट फेस्टिभल सुरु हुँदैछ । अंग्रेजी नयाँ वर्ष २०२४ सुरुवातको अवसर पारेर होटल एशोसिएसन भेडेटारले ११ औं फुड फेस्टिभल अर्थात खाना महोत्सव आयोजना गरेको हो ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले आज दिउँसो औपचारिक कार्यक्रमकाबीच फेस्टिभल उद्घाटन गर्दैछन् । फेस्टिभलमा निर्माण गरिएका १५ स्टलमा स्थानीय खानाका परिवार, अर्गानिक तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु सामाग्री बिक्री तथा प्रदर्शनीमा राखिनेछ ।

Advertisement

तीन दिनसम्म चल्ने फेस्टिभलमा ३० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर एक करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।

 

यसअघि प्रकाशित…

भेडेटार फुड फेस्टिभलको तयारी पुरा

भेडेटारमा ११ औं फुड फेस्टिभल हुने 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!