काठमाडौं  । महानगरीय अपराध महाशाखामा २१ बर्षीया युवती उजुरी लिएर आइन् । अपरिचित युवकले फोनमार्फत बारम्बार यौन सम्बन्ध राख्न प्रस्ताव राख्ने र तारन्तार अश्लील म्यासेजले उनी हैरान थिइन् । महाशाखाले तुरुन्तै मोबाइल प्रयोगकर्ता सागर धिताललाई ललितपुरको ग्वार्कोबाट पक्राउ गर्यो ।

Advertisement

सागरले कहिल्यै नचिनेकी केटीको फोन नम्बर एउटा फेसबुक अकाउन्टबाट पत्ता लागेको बताए । त्यसपछि प्रहरीले अश्लील नामको फेसबुक अकाउन्टतिर अनुसन्धान थाल्यो । उत्त अश्लील अकाउन्ट २ बर्ष अमेरिका बसेर फर्केपछि एक निजी कम्पनीमा लेखापलको काम गर्ने सुरज बस्नेतले चलाएका रहेछन् । अनौठो त के भने, यौनधन्दाकै सञ्जाल फैलाउनकै लागि बस्नेतले उक्त फेसबुक अकाउन्ट चलाएको देखिन्छ ।

जहाँ विभिन्न २३ वटा युवतीका फोन नम्बर सार्वजनिक गरिएको आजको कान्तिपुरमा समाचार छ ।  उनले नाम र फोन नम्बर सार्वजनिक गरेको उक्त फेसबुक अकाउन्टलाई यौन सम्बन्ध राख्न सकिने भन्दै सूचना दिन्थे । बस्नेत आफै पनि कैयन युनतीसँग फोन वा फेसबुकमार्फत सम्पर्कमा पुग्ने, उनीहरुलाई यौन सम्बन्धको लागि बाध्य बनाउने गरेको अनुसन्धानले देखाउँछ । फेसबुकमार्फत यौनधन्दाको सञ्जाल चलाउने यस्तो अभ्यास नौलो र खतरनाक भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!