- गोमा ढुंगाना/संगालोखबर
फायल तस्वीर

धनकुटा । धनकुटामा भेटिएका आठौं कोरोना संक्रमितलाई ट्याक्टरमा राखेर गाउँबाट अस्पताल पठाईएको छ । कोरोना संक्रमण पुष्टि भएका सहिदभूमी गाउँपालिका–७ का २७ बर्षीय संक्रमित युवालाई उपचारका लागि गाउँबाट ट्याक्टरमा राखेर पठाईएको हो ।

रोजगारीका लागि भारत गएर फर्किएका ती युवा सहिदभूमी गाउँपालिका–१ धाप स्थित आदर्श माध्यमिक विद्यालयको क्वारेनटाईनमा थिए । स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा बुधबार उनमा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि लैजाने क्रममा ट्याक्टर प्रयोग गरिएको हो । सहिदभूमी गाउँपालिका–१ धापबाट संक्रमित युवालाई ट्याक्टरमा राखेर सहिदभूमी–७ साप्तिङटारसम्म पठाईएको थियो । साप्तिङटारबाट एम्बुलेन्समा राखेर धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुयाईएको हो । सडकको अवस्थाका कारण एम्बुलेन्स पुग्न नसक्ने भएकाले संक्रमितलाई गाउँबाट एम्बुलेन्समा ल्याउँन नसकिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईँ बताउँछन् । उनी भन्छन्–‘बाटो अफ्ठेरो भएकाले एम्बुलेन्स पुग्न नसक्ने भएपछि केही उपाय नभएर संक्रमितलाई ट्याक्टरमै ल्याउँनु पर्यो ।’

Advertisement

संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल पुर्याउँन गाउँपालिकाले जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर एम्बुलेन्स मगाएको थियो । तर, बाटोको कारण देखाउँदै एम्बुलेन्स गाउँमा नआएपछि संक्रमित युवालाई ट्याक्टरमा राखेर पठाउँनु परेको सहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले बताए । ‘सहिदभूमी गाउँपालिकामा एम्बुलेन्स छैन । गाउँपालिकाको गाडी पनि मर्मत गर्न बिराटनगर पठाईएको थियो । गाउँमा अन्य गाडीलाई आग्रह गर्दा संक्रमित बोक्न मानेनन् ।’ संगालोखबरसँग उनले भने–‘जिल्लाबाट पनि एम्बुलेन्स नआएपछि हामीसँग अरु उपाय भएन । मोटरसाईकलमा वा हिडाएर पठाउँनु भन्दा ट्याक्टरमै भएपनि गाउँबाट साप्तिङटारसम्म पठाएका हौं ।’

संक्रमित युवालाई लिन जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गुरागाईँ एम्बुलेन्स लिएर साप्तिङटारसम्म पुगेका थिए । करिव डेढ घण्टाको ट्याक्टर यात्राबाट साप्तिङटार पुगेका संक्रमित युवालाई त्यहाँबाट एम्बुलेन्समा राखेर उपचारका लागि धरान पठाईएको हो । ती युवामा संक्रमण पुष्टि भएसँगै धनकुटामा कोरोना संक्रमण हुँनेको संख्या ८ पुगेको छ । तर, बाँकी सात जना संक्रमित बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उपचार पश्चात निको भएर बिहिबार अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!