युएई– एनआरएनए युएईले दुर्घट्ना भई घाईते भएका जीबन राना मगरको उपचारको लागि २ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । युएईस्थित शारजाहमा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएर राना घाइते भएका थिए ।

रानाको मेरुदन्ड र खुट्टाको हड्डी भाचिएको छ भने डक्टरले शल्यकृया गर्न भने पनि निजको इन्सुरेन्स सुबिधा नभएकाले उपचारमा आर्थिक समस्या देखिएको थियो ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाजका महासचिब राम तामाङको पहलमा एनआरएनए युएईका उपाध्यक्ष रमेश श्रेष्ठको संयोजकत्वमा युएईमाका बिभिन्न संघसंस्थाका प्रतिनिधिले जीबन राना उपचार अभियान सुरु गरेपछि बिभिन्न संघसंस्थाले सहयोग गरेका हुन् ।

उक्त अभियानमा झापाली समाजले रु ३ लाख ५० हजार भन्दा बढी सहयोग गरेको छ भने अन्य बिभिन्न संघसंस्थाले पनि सहयोग रकम संकलन गरी हस्तान्तरण गरेका छन् ।

जीवनको उपचारमा १४ हजार दिर्हाम भन्दा बढी खर्च भएको छ । तत्काललाई उनी काम गर्न सक्ने अवस्थामा नभएकोले घर पठाउने प्रकृया सुरु गरिएको बताईएको छ । रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!