सँधै दिल मेरो जलाए जलाउन्
दिल भित्र तिर चलाए चलाउन् । २
गरुन जे सुकै बस्छु दुःख नमानी
मलाई खुसी लाग्छ यहि जिन्दगानी ।
म अर्को जन्म फेरी पाउँ नपाउँ
म यहि जिन्दगानीमा हमेशा रमाउँ ।
सँधै नरही राख्ने छ मेरो जवानी
मलाई खुःसी लाग्छ यहि जिन्दगानी ।

बिरह गाँउदैमा विरह खै कहाँ भाग्छ २
बिरह गाँउदै वाँच्नु बेकार लाग्छ । २
सँधै लोकगीत गाएर वाँच्ने छ वानी
मलाई खुसी लाग्छ यहि जिन्दगानी ।
कसैले नि मरे कुनै बस्तु लान्न
म गर्नै तपस्या भूमी छोडी जान्न
छ मिठो यहि तेह्रथुमको घामपानी २
मलाई खुःसी लाग्छ यहि जिन्दगानी । २
म मित्रता जगाउँ, दुस्मनीलाई जलाई २
झरे झर्दछन आउला झन पलाई २
म आनन्दको सुत्छु हाली सिरानी
मलाई खुःसी लाग्छ यहि जिन्दगानी ।
कतै स्वच्छ संसार गुँरास जगमगाए
कतै बास्ना भई अझै मगमगाए ।
मायाँलुले मलाई टिपिन फुल मानी
मलाई खुःसी लाग्छ यहि जिन्दगानी ।