माघ । महोत्तरीको मुसहर बस्तीमा एकिकृत बस्ती निर्माणका लागि रकम संकलन गर्न अष्ट्रेलिया आएका धुर्मुस सुन्तलीलाई मेलबर्न र एडिलेडबाट ३७ हजार ६ सय ६८ डलर करिब ३२ लाख रुपैयाँ सहयोग जुटेको छ । यसपहिले सोही कार्यका लागि अहिलेसम्म सिड्नीबाट २५ हजार डलर संकलन भइसकेको छ ।

धुर्मुस सुन्तली फाउण्डेसन अन्तरगत मुसहर बस्तीका ५० घरपरिवारलाई नयाँ घर दिने योजनाका साथ काम भइरहेको छ । सोही कार्यका लागि रकम संकलन गर्न सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिेरे (सुन्तली) दुईसाताअघि अष्ट्रेलिया आइपुगेका हुन् । सांगितिक कार्यक्रमका साथ रकम संकलन गर्दै आएका उनीहरुलाई साउथ अष्ट्रेलियामा रहेका नेपालीहरुले १४ हजार ५ सय ६५ डलर सहयोग गरेका छन भने मेलबर्नमा रहेका नेपालीहरुले २३ हजार १ सय ३२ डलर सहयोग पुर्‍याएका छन् ।

एडिलेडमा आयोजना गरिएको भेटघाट कार्यक्रममा अहिम्बसा नामक संस्थाले २ हजार ४५ डलर, रेणुका लामाले १ हजार, विदुर सापकोटाले ५ सय, गायिका प्रजीता गेलालले ५ सय र विद्यार्थी संगठन फुन्साले ३ सय डलर सहयोग गरेका थिए । यसैगरी नेपालमा भुकम्प गएको समयमा एनआरएनद्धारा संकलन गरिएको रकम २ हजार ४ सय ५४ डलर समेत उनीहरुलाई हस्तान्तरण गरिएको थियो ।

मेलबर्नमा आयोजना भएको कार्यक्रमहरुबाट समेत उनीहरुलाई २३ हजार १ सय ३ डलर संकलन गरिएको छ । जसमा डाक्टरहरु महिमा अधिकारी, आरोग्य कंडेल, भारतीय डा. आहुजाको टोलीबाट ५ हजार १ सय ३२ डलर, भिक्टोरियाका वाणिज्यदुत चन्द्र योञ्जनले १ लाख रुपैयाँ, सुमन खरेलले १ हजार डलर र हेल्प हिमालय फाउण्डेसनको तर्फबट १ हजार ६ सय ६० डलर सहयोग गरिएको थियो ।

यसअघि उनीहरुसहित गायक भरत सिटौला, हास्य कलाकार दीपक आचार्यको प्रहसन सहितको कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सांगितिक समुह द नेक्ष्ट र सुचित्रा आचार्यको नृत्यले सहभागी ६ सय बढी दर्शकहरुलाई मनोरञ्जन दिलाएको थियो ।

सहयोग संकलनकै लागि ब्रिसबनमा रहेका उनीहरुले अष्ट्रेलियाबाट आफुहरुले ५० लाख बढी रकम संकलन गर्ने लक्ष्य पुरा हुने विश्वास ब्यक्त गरे । नयाँ वर्षमा हस्तान्तरण गर्ने योजना सहित भवन निर्माणको २० प्रतिशत कार्य सम्पन्न भइसकेको उनीहरुले जानकारी दिए । जम्मा ४ करोड ७८ लाखको लागतमा बनाउन लागिएको भवन हस्तान्तरण भएपछि आफुहरुले सक्रिय रुपमा कलाकारितामा लाग्ने योजना समेत सुनाएको ईकान्तिपुरमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!