
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-४ दमारमा गएराती प्रहरीले जुवाको खालमा छापा हानेर २० जनालाई पक्राउ गरेको छ । स्थानीय तेजकुमार श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा राती करिब २ः१५ बजे प्रहरीले छापा हानेको हो । जुवाको खालबाट कौडासहित ३ लाख ८८ हजार ९ सय ७० नगद पनि बरामद भएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा महालक्ष्मी-४ दमारका ४८ वर्षीय तेजकुमार श्रेष्ठ, ३९ वर्षीय भरतराज कुँवर, ५८ वर्षीय तोर्णवहादुर बस्नेत, संखुवासभाको खाँदबारी नगरपालिका-६ का २६ वर्षीय मेघराज लिम्वु, भोजपुरको अरुण गाउँपालिका-६ का ५९ वर्षीय शान्त बहादुर राई, भोजपुर नगरपालिका-४ का ५४ वर्षीय भरतमणी खड्का, महालक्ष्मी-४ का ३० वर्षीय अशोक पौडेल छन् ।
त्यस्तै, महालक्ष्मी-४ कै यामकुमार ठकुरी, भोजपुरको अरुण गाउँपालिका-६ का ४७ वर्षीय धर्मराज राई, सुनसरीको बराहक्षेत्र नगरपालिका-११ का ३१ वर्षीय गनपैत कुमार खत्वे, महालक्ष्मी नगरपालिका-५ का ३७ वर्षीय दिनेश कार्की, ३३ वर्षीय अमृतकुमार पौडेल, ४४ वर्षीय हेमकुमार अधिकारी, महालक्ष्मी-५ का ४४ वर्षीय यज्ञराज भारती पक्राउ परेका छन् ।
महालक्ष्मी-५ का ४० वर्षीय रामजी बुढाथोकी, दोलखाको कालिन्चोक गाउँपालिका-९ घर भएका २६ वर्षीय सविन थामी, महालक्ष्मी-६ का ३८ वर्षीय गणेश भण्डारी, २६ वर्षीय हरिकुमार जिमी, संखुवासभाको चैनपुर नगरपालिका-१० का २४ वर्षीय भक्तबहादुर दर्जी र पाख्रिबास नगरपालिका-४ का ३८ वर्षीय सुरेन्द्रप्रसाद बजगाईं पक्राउ परेका छन् ।
जुवाको खालबाट १६ वटा कौडासहित ५४ हजार र पक्राउ परेका व्यक्तिहरूको साथबाट ३ लाख ३४ हजार ९७० नगद बरामद भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर कारवाही प्रकृया अघि बढाइएको छ ।

संगालोखबर 



















