
विराटनगर । झापाको बाह्रदशी गाउँपालिका-५ मा धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार २० वर्षीय गोपाल ताजपुरिया र १७ वर्षीय अशोक राजवंशीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बुधबार राति करिब १०ः४० बजे चारपाने-राजगढ भित्री सडकखण्डमा राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३-००२ त १०४० नम्बरको धान काट्ने मेसिन ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि धान काट्ने मेसिनका चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















