
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार तीन सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ५७ हजार छ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ६० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँ घटेर तीन हजार तीन सय ३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















