
धनकुटा । धनकुटा नगरपालिकाले दुई दिन स्थानीय पर्व बिदा दिएको छ । धनकुटा नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने आठपहरिया जातीको महान चाड वढाङमेटका अवसरमा मंसिर ८ र ९ गते स्थानीय बिदा दिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र सापकोटाद्वारा आज जारी गरिएको सूचनामा दुई दिन स्थानीय पर्व बिदा दिने निर्णय भएको उल्लेख छ ।
दुई दिन धनकुटा नगरपालिका क्षेत्र भित्रका नगरस्तरीय कार्यालयहरू, शिक्षण संस्था (अत्यावश्यक सेवा बाहेक) लाई स्थानीय पर्व बिदा दिएको सूचनामार्फत जानकारी गराइएको छ ।

संगालोखबर 



















