संगालोखबर
ADVERTISEMENT

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँ घटेको हो ।

आज सुनको मूल्य प्रतितोला तीन लाख एक सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार छ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला चार हजार छ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!