
विराटनगर । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूलाई विराटनगरका कलेजहरूले ५४ लाखभन्दा बढी रकम सहयोग गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङको समन्वयमा कलेजहरूले बाढीपीडितका लागि सहयोग प्रदान गरेका हुन् ।
हिसानले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर सहयोग प्रदान गरिएको विवरण सार्वजनिक गरेको छ । १४ वटा कलेजहरूको तर्फबाट ५४ लाख ६५ हजार ८ सय ३४ रुपैयाँ सहयोग प्रदान गरिएको हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए । उनका अनुसार ५ वटा कलेजहरूले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा २६ लाख ३३ हजार ५५५ रुपैयाँ सिधै जम्मा गरेका छन् ।

त्यस्तै, १० वटा कलेजहरुले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी २८ लाख ३२ हजार २७९ रुपैयाँ रकम हिसान केन्द्रमा पठाएका छन् ।
बाढीपीडितलाई राहत तथा पुर्नस्थापनाका लागि शिक्षादीप कलेजले १३ लाख ५२ हजार, अरनिकोले १० लाख १ हजार, विकेभिएमले १० लाख, मेरिल्याण्डले ५ लाख ११ हजार, अर्किडले ५ लाख १ हजार र कान्तिपुर कलेजले ५ लाख १ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
सगरमाथा माविले २ लाख १ हजार, ग्रिनल्याण्डले १ लाख ५५ हजार, सोम्सले ७१ हजार, लर्डबुद्धले २६ हजार, भानुले २५ हजार, निहारिकाले २५ हजार र सिद्धार्थ माविले ५ हजार सहयोग गरेका छन् ।

त्यस्तै, पथरीशनिश्चरेको रेडस्टार माविले १ लाख ५५ हजार सहयोग गरेको छ ।
हिसान मोरङमा ३६ कलेज आवद्ध छन् । बाँकी २० कलेजले पनि अब केही दिनभित्र सहयोग प्रदान गर्ने हिसानले जनाएको छ ।

संगालोखबर 














