
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । विवादित अभिव्यक्तिपछि आलोचित बनेकी मन्त्री यादवले आज पदबाट राजीनामा दिएकी हुन् ।
मन्त्री यादवले उद्योग समितिको बुधबारको बैठकमा उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन भन्ने अभिव्यक्ति दिएकी थिइन् ।
उनको अभिव्यक्तिप्रति चौतर्फी आलोचना भएको थियो । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पनि गराएका थिए ।

संगालोखबर 














