संगालोखबर


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा मात्रै कुल ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति (नयाँ र पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।

विभागका अनुसार ६० हजार ४ सय ७२ जना पुरुष र ९ हजार ९ सय ६९ जना महिलाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन् । एक महिनाको अवधिमा ४२ हजार ६ सय ९३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति गराएका छन् ।

वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनीमार्फत २९ हजार ४ सय ४७ जना, व्यक्तिगत रूपमा १२ हजार ४ सय ४२ जना र जीटूजी (सरकार-सरकार) मार्फत ७ सय १२ जना गएका तथ्यांकमा उल्लेख गरिएको छ ।

नेपाली कामदारको पहिलो रोजाइमा संयुक्त अरब इमिरेट्स (युएई) देखिएको छ । साउनमा युएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएका छन् । अन्य प्रमुख देशहरू मलेसिया १२ हजार ४ सय ९८ जना, कतार १० हजार ३ सय ६० जना र साउदी अरब ८ हजार ६ सय १३ जना श्रम स्वीकृति लिएका छन् ।

गत असार महिनाको तुलनामा साउनमा विदेश जानेको संख्यामा केही वृद्धि भएको छ । असारमा ६९ हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका थिए । गत आर्थिक वर्ष २०८२/८३  मा कुल ७ लाख ९२ हजार १ सय ८७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!