
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख छ हजार आठ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार सात सय ७० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला चार हजार सात सय १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 












