संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १८ हजार आठ सय रुपैयाँ घटेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । आज चाँदी प्रतितोला एक हजार पाँच सय ६५ रुपैयाँ घटेर पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला सात हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!