बेल्जियम । नेपाली जनसम्पर्क समिति,बेल्जियमको चौथो अधिवेशन आगामी मार्च १२ मा हुनेभएपछि अधिबेशनको चटारो सुरु भएको छ ।
अधिबेशन बेल्जियमको आन्त्रोपेन शहरमा हुने समितिका अध्यक्ष सुबाश जोशीले बताएका छन् । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले गर्ने निश्चित भएको समितिले जनाएको छ । चौथो अधिवेशन सम्पन्न गर्नको लागी जनसंपर्क समिती बेल्जियमले जिम्मेवारी बाँडफाँड गर्न बिबिन्न समितिहरु बनाएको छ ।

Advertisement

समितिका प्रवक्ता सुभास गुरुङका अनुसार साधारण सदस्यता वितरण समिति, बिधान मस्यौदा समिति, अधिवेशन व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका समिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ । त्यसैगरि सदस्यता वितरण समिति संयोजक अनुजा प्रधानको नेतृत्वको समितिले सदस्यता वितरणको काम सम्पन्न गरि समितिलाई १३३३ जना साधारण सदस्यको सूची बुझाएको छ ।

यसतै अधिबेशनको मिति नजिकिएसँगै चुनाबी मैदानमा एनआरएनए का पुर्व महासचिब माधव सापकोटा र चितवन क्याटकी संस्थापक अध्यक्ष सिता सापकोटा देखिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!