विराटनगर । नेकपा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन जारी छ । विराटनगरमा आइतबारबाट सुरु भएको महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।
महाधिवेशनमा एक पक्ष निर्वाचन हुनुपर्ने र अर्को पक्ष केन्द्रको निर्देशन अनुसार नै नेतृत्व चयन गर्नुपर्ने पक्षमा देखिएको छ । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।
कार्यतालिकामा मतदानको समय भने तोकिएको छैन । कार्यतालिका अनुसार आज ४ः३० बजे निर्वाचनको परिणाम घोषणा गर्ने कार्यतालिका छ । गणेश पाण्डेसँगै राजेश राईले अध्यक्षको दाबी गरिरहेका छन् ।
तस्बिर : नम्रता न्यौपाने/संगालोखबर