संगालोखबर


धनकुटा । असार तेस्रो साता बितिसक्दा पनि धनकुटामा ९२ प्रतिशत धान रोपाइँ बाँकी छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार रोपाइँका लागि पर्याप्त वर्षा नभएका कारण यस वर्ष कम रोपाई भएको पाइएको हो ।

केन्द्रका प्रमुख नगेन्द्र रानामगरका अनुसार जिल्लाका माथिल्लो क्षेत्रमा केही रोपाइँ भएको छ । तल्लो क्षेत्रमा रोपाइँ हुने चरणमा रहेको पाइएको छ । बेलैमा पर्याप्त वर्षा नभएका कारण धनकुटामा ढिलो गरी रोपाइँ सुरु भएको उनले बताए ।

Advertisement

ज्ञान केन्द्रका अनुसार धनकुटामा ४ हजार ९३८ दशमलब ८९ हेक्टर धान खेती हुने क्षेत्रफल छ । हालसम्म ८८९ हेक्टर क्षेत्रफल मात्र रोपाइँ भएको केन्द्रले जनाएको छ । अधिकांश ठाउँमा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने भएकाले धानखेती समयमा हुन नसकेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!