संगालोखबर


सुनसरी । ट्यांग्रा खोलाको कटानले घर भत्किएपछि इटहरी उपमहानगरपालिका–१३ का ६ परिवारत विस्थापित भएका छन् । कटानका कारण दर्जनभन्दा बढी घरहरु जोखिममा परेका छन् ।

मंगलबार रातिदेखिको वर्षापछि आएको बाढीले आसपासका घरहरु भत्काएको थियो । विस्थापित भएका परिवार छिमेकीको घरमा शरण लिएर बसिरहेका छन् । इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्प नारायण चौधरीले जोखिममा परेका घरहरुलाई जोगाउन तथा बाढी नियन्त्रणका लागि काम भइरहेकोे बताएका छन् ।

Advertisement

घर भत्किएपछि विस्थापित भएका परिवार तथा स्थानीय बासिन्दाले इटहरीको १३ नं वडा कार्यालय घेराउ गरेका थिए । उपमहानगरको लापर्बाहीले कटान भएको भन्दै आक्रोसित स्थानीयले विरोध गरेका थिए ।

यसैबीच, सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहित जिल्लास्थित विपद् व्यवस्थापनको टोलीले बुधबार दिउँसो प्रभावित क्षेत्रको अनुगमन गरेको थियो । विस्थापित भएकाहरुलाई सहायता दिने प्रशासनले जनाएको छ । यसैगरी, जोखिममा परेका घरका परिवारलाई सुरक्षित स्थानमा राखिने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!