संगालोखबर

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ का ४१ वर्षीय प्रमोद चौधरी बुढीखोलामा बेपत्ता भएका छन् । बुधबार मध्याह्न पौडी खेल्न खोलामा पसेका उनी बेपत्ता भएको वडाध्यक्ष अशोक चौधरीले जानकारी दिए ।

Advertisement

‘छिमेकमा मरिमराउ भएको थियो’, वडाध्यक्ष चौधरीले भने, ‘दाहसंस्कार गरेको चार दिनमा पुनः त्यही ठाउँमा गएर संस्कार अनुसारको काम गर्नुपर्ने भएकाले छिमेकीहरूसँगै उनी पनि गएछन् । पौडी खेल्न जबरजस्ती पस्दा खोलामा बाढीमा बगेर बेपत्ता भएछन् ।’

उनले अत्यधिक रक्सी पिएका कारण अन्य व्यक्तिले खोलामा नपस्न भन्दाभन्दै जबरजस्ती पसेको वडाध्यक्षको भनाइ छ । उनले भने, ‘पौडी खेल्न जान्ने नै मान्छे हो । तर धेरै रक्सी पिएकाले पौडन नसकेर बेपत्ता भएको हो ।’ प्रहरी र स्थानीयले उनको खोजी गरिरहेको उनले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!