संगालोखबर

सुर्खेत । पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुईजना किशोरको मृत्यु भएको छ । शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरु आइतवार मृत फेला परेका हुन् ।

Advertisement

प्रहरीका अनुसार कालिकोट घर भई वीरेन्द्रनगर नगरपालिका–७, खजुरा बस्ने १९ वर्षीय विनोद केसी र सोही ठाउँ बस्ने १६ वर्षीय भूपेन्द्र केसी बेपत्ता भएका थिए । खोजीका क्रममा उनीहरु डुबेको स्थानबाट केही तल फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले बताएका छन् ।

उनीहरुको शव सशस्त्र प्रहरी बलका गोताखोरको टोलीले निकालेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!