संगालोखबर

धनकुटा । किरात आठपहरिया समाज केन्द्रीय समितिको अधिवेशनबाट अध्यक्षमा अष्टबहादुर आठपहरिया चयन भएका छन् । धनकुटा–५ स्थित किरात आठपहरिया समाजको केन्द्रीय कार्यालयमा शनिबार भएको अधिवेशनले उनको अध्यक्षतामा १९ सदस्यीय समिति चयन गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा सूर्य आठपहरिया र जहानश्वरी आठपरिया चयन भएको समाजका आजीवन सदस्य अर्जुन छाराहाङ्ले जानकारी दिए । यस्तै, महासचिवमा कोमल आठपहरिया, सचिवमा दिपेन्द्र आठपहरिया, कोषाध्यक्षमा निरुपा आठपहरिया चुनिएको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!