संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीबासका एकजना वृद्ध मृत अवस्थामा फेला परेका छन् । पाख्रीबास नगरपालिका–८ खातीडाँडा बस्ने ६५ वर्षीय मानबहादुर दर्जी बिहिवार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

पाख्रीबास नगरपालिका–४ स्थित चिलिम खोल्सानजिक सडक छेउमा उनी मृत अवस्थामा भेटिएका थिए । घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोलीले आवश्यक प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार साहले जानकारी दिए ।

उनको मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!