संगालोखबर


झापा । अग्रज पत्रकार नेत्र पाठकको बिहिवार बिहान निधन भएको छ । ७२ वर्षीय पाठकको आफ्नै निवासमा निधन भएको हो । पूर्वशिक्षक समेत रहेका पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक अध्यक्ष हुन् ।

केही वर्षयता उनी दम, निमोनिया र प्रोस्टेट क्यान्सर लगायत समस्याले बिरामी थिए । पछिल्लो समय उनी घरमै उपचारसहित आराम गर्दै आएका थिए ।

Advertisement

लामो समय शिक्षण पेशामा आबद्ध पाठक नेपाल शिक्षक संगठनको नेतृत्वदायी भूमिका पनि निर्वाह गरेका थिए । बिर्तामोड नगरपालिका–४ मेथीबारी टोलमा बस्दै आएका पाठकका पत्नी र एक छोरा छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!