संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–६, फलाटेमा पाली घर परिवारद्वारा विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । वडा भित्रका विद्यालयमा अध्ययनरत् उत्कृष्ट सातजना विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो ।

Advertisement

विद्यालयको ७७औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा अमर मावि फलाटेबाट २०७९ एसईईमा उत्कृष्ट अंक ल्याउने घनश्याम प्रधानलाई नगद ५ हजारसहित प्रशंसापत्र प्रदान गरियो । त्यस्तै, अमर माविमा २०८० को वार्षिक परीक्षामा कक्षा ७ बाट उत्कृष्ट अंक ल्याउने छात्रा ममता मगर, कक्षा ५ मा प्रथम हुने छात्रा सृष्टि राई पनि पुरस्कृत भए ।

जनता प्रावि कर्कुसेको कक्षा २ बाट उत्कृष्ट अंक ल्याउने सिम्रन थापा, मदन आश्रित प्रावि कक्षा–४ की छात्रा आशिष भुजेल, जलेश्वर प्राविको कक्षा–५ की छात्रा दिपकला राई र सरस्वती प्राविमा कक्षा–४ बाट उत्कृष्ट अंक ल्याउने छात्रा अनुषा कार्कीलाई पुरस्कार प्रदान गरियो ।

विद्यार्थीहरुलाई ‘नरबहादुर एवम् नरमाया राई पालीघर कल्याण कोष’ बाट नगद ५ हजारका दरले पुरस्कार तथा प्रशंसापत्र वितरण गरिएको पालीघर परिवारका सदस्य भीम राईले बताए । कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सांसद इन्द्रमणि पराजुली, पालीघर परिवारका अध्यक्ष सुदर्शन राई, वडाअध्यक्ष देवेन्द्र गुरागाईँ र पालीघर परिवारका भीम राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!