संगालोखबर
सांकेतिक तस्वीर

पर्सा । हुरीले उडाएर ल्याएको जस्तापाताले लागेर पर्साको विन्दबासिनी गाउँपालिका–२ का १०७ वर्षीय गुदेरी साहको मृत्यु भएको छ । बिहीबार बेलुका आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

हुरीले उडाएर ल्याएको जस्तापाताले लागेर घर अगाडि बसिरहेका साह घाइते भएका थिए । उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा उनको मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए ।

Advertisement

यस्तै, बहुदरमाई नगरपालिका–५ स्थित एनसेलको टावर हुरीले ढाल्दा च्यापिएर एक पुरुष गम्भीर घाइते भएका छन् । उनको पहिचान भने खुलेको छैन । उनलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!