संगालोखबर


धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–४ स्थित जालपादेवी माध्यमिक विद्यालय परिसरमा जेठ १८ गते निःशुल्क स्वास्थ्य जाँच शिविर हुने भएको छ । युनिभर्सल यूथ ग्रुपको प्रविधिक सहयोग र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्था धनकुटाको आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो ।

शिविरमा पाठेघर क्यान्सर, स्तन क्यान्सर, निःसन्तान, सेतो पानी बग्ने, र महिनावारी गडबढी जस्ता महिलामा देखिने समस्याहरुको पहिचान गरी उपाचार गरिने जनाइएको छ । त्यस्तै सुगर, प्रेसर, थाइराइट, मुटु, छाती र पेटसम्बन्धी रोगहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने छ ।

Advertisement

शिविरमा पाइल्स, फिस्टुला, फिसल, हाइड्रोसिल र गाँठागुठी लगायतको परीक्षण गरी बिना अप्रेसन उपचार र परामर्श गरिने आयोजकले जनाएको छ । त्यस्तै, विशेषज्ञ डाक्टरद्वारा भिडियो एक्सरे सहुलियतमा ५ सय रुपैयाँमा गरिने युनिभर्सल यूथ ग्रुप मोरङका कार्यक्रम संयोजक तारा कटवालले जानकारी दिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!