संगालोखबर

जनकपुर । धनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो ।

Advertisement

जनकपुरधाम उपमहानगर-२० देवपुरा रुपैठाकाका जयनारायण महतोका छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शनिबार घर नजिकैको साहुजी पोखरीमा नुहाउने क्रममा दुवै जना बालक डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरेका थिए ।

उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!