संगालोखबर


झापा । झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । चोरी गरिएका तीनवटा मोटरसाइकलसहित कनकाई नगरपालिकाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कनकाई नगरपालिका–४ का १८ वर्षीय प्रियंक कँडेल, २१ वर्षीय कृष्ण घिमिरे, १८ वर्षीय नवीन बस्नेत, १५ वर्षीय बालक र कनकाई–३ का १८ वर्षीय सम्रिक चुँडाल छन् ।

Advertisement

कनकाई नगरपालिका–३ र ४ मा चोरीको मोटरसाइकल संकलन गरी राखिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट प्रदेश १–०२–०१ प ३१४६ नम्बरको केटीएम डुक, मे ९ प ६४६१ नम्बरको एनएस, प्रदेश ३–०२–००९ प ५२२१ नम्बरको क्रस फायर मोटरसाइकल बरामद गरेको थियो । पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!