संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज बुधबार सुनुवाइ हुँदैछ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा गत साता रिट दर्ता गराएका थिए ।

उनले आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार बनाउने प्रक्रिया असंवैधानिक भएको दाबी गरेका छन् । यसैगरी, आफू नेतृत्वको सरकारलाई नै निरन्तरता दिन माग पनि उनले गरेका छन् ।

Advertisement

कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री भएका थिए । तत्कालीन समयमा आफ्नै दल नेपाली कांग्रेससँग विद्रोह गरेर उनी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका थिए ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि एमालेले उनीविरुद्ध प्रदेश सभामा अविश्वास रहेको भनी संकल्प प्रस्ताव दर्ता गराउँदै समर्थन फिर्ता लिएको थियो ।

सांसदहरूले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने भनी विवाद सुरु भएको थियो । तर कार्कीले विश्वासको मत लिएनन् । अन्तिम दिनसम्म विश्वासको मत नलिएपछि उनको स्थानमा एमालेका हिक्मतबहादुर कार्की मुख्यमन्त्री नियुक्त गरिएका थिए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २५ गतेसम्म विश्वासको मत नदिएको भन्दै कांग्रेसका कार्कीको स्थानमा एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री बनेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!