संगालोखबर


विराटनगर । मोरङको सुन्दरहरैँचामा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

गत शनिबार राति बलात्कार गरेको जानकारी प्रहरीसमक्ष पुगेपछि उनको खोजी सुरु गरिएको थियो । खोजीका लागि परिचालित गछियास्थित प्रहरी चौकीको टोलीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

पीडित बालिकाको तर्फबाट प्रहरी उजुरी दिइएको थियो । त्यसका आधारमा प्रहरीले घटनाबारे थप अनुसन्धान र कारबाही अघि बढाएको जनाएको छ ।

बालिकाको विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले संगालोखबरलाई जानकारी दिए । पक्राउ परेका मगरलाई जिल्ला अदालत मोरङबाट म्याद थप गराइ अनुसन्धान जारी रहेको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!