मलेसिया । संसार फराकिलो छ । यो फराकिलो संसारमा धेरै प्राणिहरु छन् । त्यस मध्ये चेतनशिल छ मान्छे अनि त्यहि एक मान्छे अर्काेलाई निर्जीव बनाएर खुशी बन्न चाहन्छ । वेरोजगारको चपेटामा परेर पराई भूमीमा मजदूरी गर्ने यूवाहरु लाखौ छन् । सबै वेरोजगार भएर मात्र लाख होइनन् व्यवसाय गर्नेहरु समेत करीब ४० लाख नेपालीहरु विदेशमा छन् ।

मजदूरी गर्ने हिसावले सरकारी तथ्याङ्क नै नभए पनि मलेसियामा नेपाली मजदूरहरु सबै भन्दा बढिछन् । त्यसैले मनोरञ्जन र हरेक क्षेत्रमा अगाडि पनि छन् यहाँ आउने विश्वका मानिसहरु । त्यसैले पनि नेपालीहरुलाई मनोरञ्जन दिने उद्धेश्यले व्यक्तिगत तथा विभिन्न संघ संस्थाले कार्यक्रम गर्ने र नेपालीहरुलाई सहयोग गर्ने गरेको पाईन्छ ।

मलेसियामा विशेष गरि चाईनिज नयाँ बर्षमा अलिक लामो विदाको समय हुनाले पनि यहाँ कार्यक्रम ल्याउने होडबाजि नै चल्छ । तर संघ संस्था भन्दा पनि व्यक्तिगतरुपमा । पछिल्लो समयमा स्तरीय कलाकार भन्दा पनि छाडा र चलि हाल्छ हल्का कमाईन्छ र रमाईलो हुन्छ भन्ने उद्धेश्यले कलाकार भित्र्याईएको पुराना अनुभविहरुको भनाई छ ।

राम्रा र नाम चलेका कलाकारहरुलाई कसैले व्यक्तिगत रुपमा बोलाएको छ भने प्राय नआउने बताउछन् । उनिहरुले आयोजक को ? कति दिने? पहिले आधा रकम दिन सक्छन् कि सक्तैनन सबै खुलाए पछि मात्र आउने गरेको पाईन्छ । राम्रो देश भनेर अमेरीका, अष्ट्रेलीया तिर रकम कम भए पनि कलाकार जान ईच्छुक हुन्छन् तर अझ आकर्षक रकम खाडीमा भएकोले फोन गरेरै उनिहरु जान चाहन्छन् ।

मलेसियामा प्राय खानपीनलाई धेरै ध्यान दिईन्छ । नेपालीहरु जे जस्तो काम गरे पनि राम्रा्े लगाएर र विदालाई सदुपयोग गर्न आफुले रोजेको कार्यक्रम हेर्न पुग्छन् । मलेसियामा नाफामूलक नै कार्यक्रम हुन्छ तर आयोजक ढाट्छन् होईन हामी यस्तो उस्तो ठाउँमा सहयोग गर्छाै । पूर्ब प्रधानमन्त्री केपी ओलीले हिमालयन क्लबको फुटबलमा उद्घाटन भनेर हामीले समाचार बनायौ तर वहाँ आउनु भएन ।

क्लबका अध्यक्ष शन्तोष कार्कीका अनुसार उहाँले पत्र पठाउनु भयो र त्यो पत्र मलेसिया स्थित नेपाली राजदूतावासका राजदूतले पत्र पढेर सुनाउनु भयो भन्ने जवाफ दिनु भयो । तर पनि नेपालका फुटवल स्ट्राइगर हरि खड्का , तेक्वान्दो खेलाडि दीपक बिष्टलाई उतारेर उनले खेल जगतलाई अगाडि बढाए ।

२ दर्जन भन्दा बढि क्लबहरु सम्मेलीत कार्यक्रममा नाफा घाटा भन्दा पनि नेपालमा सेल्टर हाउस खोलेर क्लबले सहयोग गर्ने कार्कीले बताए ।
त्यस्तै भलीवल प्रतियोगिता गरेका रावाङका व्यवसायि तथा अशल छिमेकि सेवा समाजका अध्यक्ष पूर्ण लिम्बुले कलाकार भन्दा यहाँका प्रतिभा भएका व्यक्तिहरुलाई समेटेर मनोरञ्जन दिन उपयूक्त भएको जनाए । पहिले १५ सय हुन्थे कार्यक्रममा अहिले ५ सय हुन मुस्किल छ । कलाकारको छाडापन र दर्शकको कमीले अचेल भलीवल तिर लागेका लिम्बुले उद्धार अनलाईनलाई बताए ।

यस पटकको चाईनिज नयाँ बर्षमा मलेसियामा फरक फरक कार्यक्रममा केहि नाम चलेका कलाकार प्रियंका कार्की, खड्ग गर्बुजा, देवि घर्ती, पल्पसा डंगोल, रामजी खाँड, प्रकाश कटुवाल, ज्योती मगर आए । तर मोडल रिया श्रेष्ठले स्टेजमा बस्त्र फालेर र आफ्ना् स्तन र गुप्ताङलाई फोकस गरेपछि दर्शकहरुले के हेरे र कस्तो प्रतिक्रिया दिए हास्याँस्पद हुन्छ । उद्धार अन लाईनले मलेसियाका थोरै हरेक क्षेत्रका केहि व्यक्तिहरुको स्टाटस सेयर गरेको थियो र हामीले पछिल्लो पटक आयोजक, कलाकार, संघ संस्थाका प्रतिनिधीहरुसंग गरेको कुराकानि यस प्रकार रहेको छ ।

फ्रेण्डसिप धमाका १६ का कृष्ण पुलामीले आयोजक हुन् पटक पटक ज्योती मगर भित्र्याउने उनले अहिले नेपालको चर्चित र व्यस्त नायीका प्रियंका कार्कीलाई लिएर कार्यक्रम गरे तर नाफा नभएको बताउदै उनले भने प्रकाश तिमील्सििनालाई सहयोग गर्ने बताए । टिकट काटेर प्रबेश गरेका दर्शकले भित्र पनि ढ्वाङमा पैसा हाल्नु प¥यो । किन यस्तो गरेको भन्ने सवालमा मैले होईन उहााहरुको लागि आफै उठाएछन् उनले जवाफ दिए ।

अहिले मलेसियामा भाईरल भएको रियाको नृत्यमा धेरैले कमेण्ट गरे । पत्रकारले हाईलाईट गरे तर हाम्रो गरेनन् भनेर पनि स्टाटस लेखे । यसपालीको उत्कृष्ट मगर समाज मलेसियाले कार्यक्रम ग¥यो होला तर प्रचार प्रसार र पत्रकारलाई के के गरियोभन्ने मात्र हो । पत्रकारलाई पछि दोष देखाउनु भन्दा मैले वा हामीले कसरी अगाडि बढ्ने भन्ने सोच्नु पर्छ ।

रियाले नाङगो नाचेकोले तपाईको मयूरको नाँच पनि हल्ला भयो । तर एउटा टेवलको हजार भनेर महङगो डिनर गराउनु भन्दा महाविरको नाममा मजदूरहरुको होष्टलमा पातालो झोल हालेको भात खाएर उता आविस्कार भएको भए हुने थियो मलेसिया स्थित एक कम्पनिमा कार्यरत पत्रकारको भनाई हो यो ।

रिया श्रेष्ठ जो कलाकारको नाममा कलंक हुन् धेरैले लेखे । उनले पनि मलेसियामा जे गरे पनि हुन्छ भनेर सोचिन् वा केटाहरु उत्तेजनामा आए अनि कपडा फालेको जवाफ दिने? उनि पछिल्ल्लो समय हिट अनि विदेश गएर पैसा कमाउनु पर्छ भन्नेहरुको भिडमा छिन् । तर मलेसियाका लाखौ श्रमीकहरुले बुझेकाछन् कलाकारलाई ।

तिम्रो अनुहार र पेण्टि भन्दा राम्रा यूवतिहरुसंग यौन सम्पर्क गरि सकेकाछन् उनिहरुले । उनिहरु मात्र चाहान्छन् नेपाली पन । के प्रकाश कटुवालले ढाका टोपी र कोटमा सजिएर गीत गाउनु पर्छ ? सेण्डो र पेण्टिमा गीत गाएर दर्शक उचाले भएन ? तिमीले नाच्दा र गाएकले गाउँदा उतिकै उत्तेजीत हुन्छन भन्ने सोच्नु पर्छ कलाकारले ।

यूनिक धमाका ४ मा आएकि रिया कदापी मोडेल नायिका केहि बन्न सक्तिनन् । आयोजक नविन खड्का भन्छन् तनाव भयो सर अचानक यस्तो भयो । राष्ट्रिय कलकार हुन् हामीले यस्तो नाच उस्तो गर भन्ने कुरा भएन तर म दुखि छु । दर्शकहरु त यस्मा नै रमाए तर पछि मिडियामा नराम्रो ईम्प्रेस प¥यो । अब मैले कार्यक्रम गर्दा पहिले सजक हुन्छु उहाँले बताउनु भयो ।

मगर समाजको महाविर पुन, मयूर नाँच र खड्ग गर्बुजाको प्रस्तुति उत्कृष्ट रह्यो । न उत्ताउलोपन न कसैलाई टेन्सन तर उनिहरुको केएलमा प्रस्तुति हेर्दा के रमाईलो गर्ने जस्तो देखियो । कलाकार ताली र दर्शकको हुटिङ चाहान्छन् तर उनिहरु अघिल्लो भन्दा फरक भएको अनुभूती दिलाएको एक दर्शकले उद्धारलाई बताए ।

अनावश्वक मीडियाबाजि गरेर मीडियालाई नै दोष दिने विवादित लोक तथा दोहारी गायक पुष्कल शर्मा करबलले मलेसिया आएका हुन् भनिन्छ आयोजक वीचको विवाद पश्चात आए पनि उनको प्रस्तुति उत्कृष्ट रहेको दर्शकले बताए । रियाको यस्तो प्रस्तुतिमा धेरै संघ संस्था र आयोजकलाई सम्पर्क गर्दा फोन उठाएनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!