कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक शुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक शुरु

जुम्ला, १५ मङ्सिर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक स्थापना गरिएको छ । रक्तदान कार्यक्रम गरी ब्लडबैंकको शुरुआत गरिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । यहाँ ब्लडबैंक नभएका कारण निकै ठूलो समस्या हुने गथ्र्याे । अब रगत अभाव हुन नदिने उहाँको भनाइ छ । प्रतिष्ठानमा अहिले ‘९० प्याकेट’ रगतसहितको भण्डार क्षमताको यन्त्र र अन्य सामग्री राखिएको ल्याब इञ्...
कपिलवस्तुमा पाँच सय एचआइभी सङ्क्रमित

कपिलवस्तुमा पाँच सय एचआइभी सङ्क्रमित

कृष्णनगर, १५ मङ्सिर । कपिलवस्तुमा ५०१ जना एचआइभी एड्स सङ्क्रमित रहेको पाइएकोे छ । जिल्लामा फेला परेका ५०१ जनाले अहिले ‘एआरटी’ नामक औषधि सेवन गरी रहेका छन् । तीमध्ये ५६ जना बालबालिका रहेका छन् । सङ्क्रमित बालबालिकालाई मासिक एक हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको समर्पण सहयोग समूहका प्रशिक्षक रामबहादुर भरले जानकारी दिए । विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा कपिलवस्तुमा एच...
नोबेलको शिविरबाट सुन्दरहरैंचाका पाँच सय बिरामीको निःशुल्क उपचार (भिडियोसहित)

नोबेलको शिविरबाट सुन्दरहरैंचाका पाँच सय बिरामीको निःशुल्क उपचार (भिडियोसहित)

मोरङ, १२ मंसिर । नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको हो । शिविरमा ७१ जना बिरामीको भिडियो एक्सरे र ८५ जना विरामीको ल्यावटेष्ट गरिएको छ । हाडजोर्नी, आँखाको समस्या र दमका विरामी बढी मात्रामा शिव...
डेढ करोडमा किनेको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

डेढ करोडमा किनेको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

काठमाडौँ, ११ मंसिर । देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ । केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो । पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा एउटा भैँसी पनि नअटाएपछि कर्मचारीले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उज...
निर्मला पन्तका बुबालाई ‘साईकोटिक डिस्अर्डर’

निर्मला पन्तका बुबालाई ‘साईकोटिक डिस्अर्डर’

काठमाडौँ, ११ मंसिर । निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ । उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पन्तको अहिले शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।  आजको अन्नपूर्ण पोस्ट् दैनिकमा यो समाचार छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा: गर्भदेखि मृत्युपर्यन्त सुविधा

योगदानमा आधारित सामाजिक सुरक्षा: गर्भदेखि मृत्युपर्यन्त सुविधा

काठमाडौँ, १० मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गरेको छ । कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् । उनीहरुले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सु...
पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मिएका जुम्ल्याहा बालिकाको मृत्यु

पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मिएका जुम्ल्याहा बालिकाको मृत्यु

सुर्खेत, ९ मङ्सिर । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मङ्सिर २ गते पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ । तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको गए राति मृत्यु भएको हो । गएको आइतबार रास्कोट नगरपालिका– ५ सिउना कालीकोटकी २८ वर्षीया ललिता बुढाले जुम्ल्याहा बालिकालाई जन्म दिएकी थिइन। श्वासको गति बढ्दै गएपछि जुम्ल्याहा बालिकाको मृत्यु भएको डा राजीव शाहले जानका...
वीपी प्रतिष्ठानको एमडिएमएसमा विदेशी विद्यार्थीको सिट नेपालीलाई

वीपी प्रतिष्ठानको एमडिएमएसमा विदेशी विद्यार्थीको सिट नेपालीलाई

मंसिर, ६ विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विदेशी सिटमा विद्यार्थी भर्ना नगरेको भन्दै परेको उजुरीमा उच्च अदालत विराटनगरले प्रतिष्ठानको पक्षमा फैसला गरेको छ । गत साउनमा प्रतिष्ठानले लिएको एमडिएमएसको प्रवेश परीक्षा उत्तिर्ण गरेका तर, काउन्सेलिङमा नआएका तीन विदेशी विद्यार्थीले आफुहरुको पढ्न पाउने अधिकार हनन भएको भन्दै उच्च अदालतमा दायर गरेकोमा मुद्दामा अदालतले प्रक्रियाभन्दा ब...
असहायको सहारा बन्दै डा. शर्मा

असहायको सहारा बन्दै डा. शर्मा

मोरङ, ६ मंसिर । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाएर उनीहरुको उद्धार गर्दै आएका छन् । गाउँ–गाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी–खोजी उपचार गर्दै आएका डा.शर्माले विगत एक साताको अवधिमा तीन जना ...
ट्रकोमा निवारण गर्ने दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र नेपाल

ट्रकोमा निवारण गर्ने दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र नेपाल

काठमाडौँ, ६ मङ्सिर । संसारकै सबैभन्दा पुरानो सङ्क्रामक रोग ट्रकोमा (खस्रे रोग) निवारण गर्ने नेपाल दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र बनेको छ । तोकिएको मापदण्ड पूरा गरेपछि विश्व स्वास्थ्य सङ्गठनले ट्रकोमा निवारण गर्नेमा नेपाललाई सो क्षेत्रका आफू अन्तर्गतका ११ राष्ट्रमध्ये दक्षिण–पूर्वी एशियाकै पहिलो देश घोषणा गरेको हो । राजधानीमा आज आयोजित ट्रकोमा रोग निवारण समारोहमा विश्व स्वास्थ्य सङ्गठन–दक्ष...
असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा

असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा

मोरङ, ६ मंसिर । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाएर उनीहरुको उद्धार गर्दै आएका छन् । गाउँ–गाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी–खोजी उपचार गर्दै आएका डा.शर्माले विगत एक साताको अवधिमा तीन जना ...
गृहमन्त्री थापाद्वारा ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’को शुभारम्भ

गृहमन्त्री थापाद्वारा ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’को शुभारम्भ

भक्तपुर, ६ मङ्सिर । आजदेखि भक्तपुरमा एकमहीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गर्नुभयो । पूर्वमन्त्री एवं सांसदद्वय महेश बस्नेत र सांसद प्रेम सुवाल, प्रदेश नं ३ का सांसद शशीजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलग...
अनिवार्य स्वास्थ्य, ऐच्छिक बनाउने तयारी

अनिवार्य स्वास्थ्य, ऐच्छिक बनाउने तयारी

काठमाडौँ, ५ मङ्सिर । हाल आधारभूत तथा माध्यमिक दुवै तहमा अनिवार्य विषयमाअन्तर्गत रहेको स्वास्थ्यसम्बन्धी विषयलाई ऐच्छिक बनाउने तयारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । सो तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जानकारीसमेत रहेको छैन । मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका एक जनस्वास्थ्य अधिकृत भन्नुहुन्छ, “विद्यालय तहमा अनिवार्य विषयमा रहेको स्वास्थ्य विषयलाई ऐच्...
नोबेलले यसरी मनायो १४ औं बार्षिकोत्सव (भिडियोसहित)

नोबेलले यसरी मनायो १४ औं बार्षिकोत्सव (भिडियोसहित)

बिराटनगर, ४ मंसिर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न कार्यक्रम गरेर १४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै करिव पाँच दर्जन सांस्कृतिक प्रस्तुति पनि देखाईएको हो । कार्यक्रमलाई संबोधन गर्दै बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नोबेल शिक्षण अस्पताल स्वास्थ्य र शिक्षा क्षेत्रमा उदाहरणीय बन्दै गएको बताए । नोबेल अ...
पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

बेझाड पाल्पा, ४ मङ्सिर । पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४/७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए । सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी रहेका छन् । जिल्लाको मिसन अस्पतालबाट सङ्क्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन् ।...
८० बर्ष पुरानो सुत्रमै उत्पादन हुँदै आएका एन्टिबायोटिक विष बन्दै

८० बर्ष पुरानो सुत्रमै उत्पादन हुँदै आएका एन्टिबायोटिक विष बन्दै

काठमाडौँ, ४ मंसिर । ८० बर्ष पुरानो सुत्रमै उत्पादन हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ । एन्टिबायोटिकको गलत प्रयोगले मानव स्वास्थ्यमा झनै खतरा बढाएकोमा विश्व समुदाय चिन्तित् बनेको छ । सन् १९९५ यता एन्टिबायोटिकको कुशल क्षमतामा ह्रास आएको चिकित्सकहरुले बताएका छन् । , आजको नयाँ पत्रिकामा यो खबर छ । स्वास्थ्य मन्त्रालयले नै एन्टिबायोटिकले महामारीको र...
छाती र पेट जोडिएका जुम्ल्याहा शिशु जन्मिए

छाती र पेट जोडिएका जुम्ल्याहा शिशु जन्मिए

वीरेन्द्रनगर, ४ मंसिर । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालमा छाती र पेटको माथिल्लो भाग जोडिएका दुई बालिकालाई अप्रेसन गरी निकालिएको छ । अस्पतालमा आइतबार कालिकोटको रास्कोट नगरपालिका–५ स्युनाकी ललिता बुढाको कोखबाट शरीर जोडिएका दुई बालिकालाई निकालिएको हो । दुई बालिकाको तौल ३ किलो ६ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।बालिकाहरुलाई अस्पतालको एनआईसीयूमा राखिएको छ । बालिका र आमा स...
कतारले अाफ्नै स‌ंस्थामार्फत नेपालमै कामदारकाे स्वास्थ्य परीक्षण गर्ने

कतारले अाफ्नै स‌ंस्थामार्फत नेपालमै कामदारकाे स्वास्थ्य परीक्षण गर्ने

काठमाडौं, ३ मङ्सिर। नेपालमा गरिने स्वास्थ्य परीक्षणको गुणस्तरीयताप्रति पटक-पटक प्रश्न उठाउँदै आएको कतारले अन्तत: आफ्नो देशमा जाने कामदारको स्वास्थ्य परीक्षण आफ्नै स्वास्थ्य संस्थामा गर्ने भएको छ। खाडीका केही मुलुक तथा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नेपाल सरकारले केही स्वास्थ्य संस्थालाई अनुमति दिएको छ। तर कतारले भने कामदार लिंदै आएका स्रोत मुलुकमा कतारको स्वास्थ्य मन्त्रालय मातहत रह...
वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

काठमाडौ, २ मङ्सिर । नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र तयार हुने भएको छ । नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष (अपरेश थिएटर) रहने छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) अन्तर्गतको वीर अस्पतालका भौतिक पूर्वाधार विस्तारमा स्वास्थ्य तथा जनसङ्ख्या मन...
मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित (भिडियोसहित)

मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित (भिडियोसहित)

काठमाण्डौं, १ मंसिर । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मुलुकमै सवैभन्दा बढी आयकर तिरे वापत बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७३/०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो । सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले ...
नर्भिक अस्पताल ‘द बिज अवार्ड ’ प्राप्त गर्न सफल

नर्भिक अस्पताल ‘द बिज अवार्ड ’ प्राप्त गर्न सफल

काठमाडौँ । नेपालको चिकित्सा क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय सेवा प्रवाह गरेबापत नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड ’ प्राप्त भएको छ । दी वल्र्ड कन्फडेरेशन अफ बिजिनेश (वल्र्डकव) नामक संस्थाले प्रदान गरेको उक्त पुरस्कार आज राजधानीमा आयोजित एक विशेष समारोहमा हस्तान्तरण गरियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा उक्त संस्थाका अन्तर्...
‘नोबेल डे’ भब्य रुपमा मनाउँने तयारी

‘नोबेल डे’ भब्य रुपमा मनाउँने तयारी

मोरङ, ३० कात्तिक । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले १४ औं स्थापना दिवस भव्य रुपमा मनाउँने तयारी गरेको छ । ‘नोबेल डे’ का अवसरमा आगामी मंसिर २ गते विशेष कार्यक्रम आयोजना गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । स्थापना दिवसका अवसरमा विशेष साँस्कृतिक प्रस्तुती, पुरस्कार वितरण लगायत कार्यक्रम राखिएको नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिईन् । उनका अनुस...
डा.सुनिल शर्माद्वारा बिपन्न बिरामीको उपचारमा एक लाख सहयोग (भिडियो रिपोर्टसहित)

डा.सुनिल शर्माद्वारा बिपन्न बिरामीको उपचारमा एक लाख सहयोग (भिडियो रिपोर्टसहित)

मोरङ, २९ कात्तिक । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । शरीरमा तातोपानी खनिएर घाईते भई उपचारका क्रममा आर्थिक अभाव झेल्दै आएकी बेलवारी–४ काकुम स्थित शान्ति चौककी सुकमाया राईको उपचारका लागि डा.शर्माले सहयोग गरेका हुन् । गत कात्तिक २३ गते थुक्पा उमालेको तातोपानी फाल्ने क्रममा शरीरमा खनिएर ४७ बर्षीय राई गंभीर घाईते...
खोप लगाउनु त यसरी…

खोप लगाउनु त यसरी…

विराटनगर, २७ कात्तिक । “खोप लगाइसकेपछि सामान्य ज्वरो आउन सक्छ । २४ घण्टापछि आफैँ ठीक हुँदै जान्छ ।” खोप प्रमाणपत्र कार्डमा यी जानकारी लेखिएको हुन्छ तर भ्याक्सिनेटर हरि घिमिरेले लगाएको खोपले आजसम्म बालबालिकालाई कुनै सङ्क्रमण भएको छैन । किन त ? “उहाँ खोप लगाउँदा हातलाई कपासजस्तो हल्का पार्नुहुन्छ । हल्का रुपले खोपको मात्र दिनुहुन्छ । जति हल्का रुपले खोप दियो बालबालिकालाई दुःखाइ कम हुने रहेछ । खोप...
कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, २६ कात्तिक । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने उद्धेश्यले सोमबार नोबेल शिक्षण अस्पतालले मोरङको कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कानेपोखरी गाउँपालिका–६ रमाईलोमा आयोजना गरिएको शिविरबाट सो क्षेत्र आसपासका करिव ४ सय बिरामी लाभान्वित भएका छन् । ३ सय ८५ बिरामीको निःशुल्क उपचार गरिएको शिविरबाट २७ जना बिरामी नोबेल अस्पताल रिफर गरिएको अस्पतालका जनसम...
नोबेलको शिविरबाट लक्ष्मीमार्गका ४ सय बिरामी लाभान्वित

नोबेलको शिविरबाट लक्ष्मीमार्गका ४ सय बिरामी लाभान्वित

विराटनगर, २० कात्तिक । मोरङको बेलवारी–११ लक्ष्मीमार्गमा नोबेल शिक्षण अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । लक्ष्मीमार्ग स्थित लक्ष्मी माध्यमिक बिद्यालयमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरी ४ सय ४३ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । उपचारका लागि गाउँ–गाउँबाट बिरामीहरु शिविरमा आएका थिए । शिविरमा ८९ जनाको भिडियो ए...
क्यान्सरलगायत १४८ प्रकारका रोगको औषधि गोरस

क्यान्सरलगायत १४८ प्रकारका रोगको औषधि गोरस

काठमाडौँ, २० कात्तिक । स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो)ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लग...
नोबेलले गर्यो रेकर्ड व्रेकः नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर (भिडियोसहित)

नोबेलले गर्यो रेकर्ड व्रेकः नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर (भिडियोसहित)

बिराटनगर, १८ कात्तिक । नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो । पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, यत्ति बढी उमेरका ब्यक्तिलाई सफलतापूर्वक पेसमेकर राखेर नेपालमै पहिलो रेकर्ड कायम गरिएको...
तेह्रथुम अस्पताललाई ५० शय्या बनाइने

तेह्रथुम अस्पताललाई ५० शय्या बनाइने

तेह्रथुम, १७ कात्तिक । तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पताललाई स्तरोन्नति गरिने र यसका लागि चालु आर्थिक वर्षमै प्रदेश सरकारबाट रु एक करोड ३० लाख विनियोजन गरिएको बताए । सङ्घीय संरचना अनुरुप प्रदेश नं १ ...
प्रदेश नं १ मा १४ औलो रोगी

प्रदेश नं १ मा १४ औलो रोगी

दमक, १७ कात्तिक । झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले औलो रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो । प्रस्तुत तथ्याङ्क गएको जनवरीदेखि अक्टोबरसम्मको भएको स्वास्थ्य शाखाले जनाएको छ । अन्तरक्रियामा उक्त रोगसम्ब...
पाठेघरको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी शुरु

पाठेघरको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी शुरु

भक्तपुर, १६ कात्तिक । पाठेघरको मुखको क्यान्सरसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेलले बिहीबार सम्मेलन शुभारम्भ गर्दै क्यान्सर रोग जटिल प्रकृतिको रोग भएकाले यसको सहज र सरल उपचारका लागि सरकारले सहुलियत प्रदान गरिरहे पनि त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । क्यान्सर रोगको सहज उपचारका लागि नयाँ उपचार पद्धतिक...
error: Content is protected !!